आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जर्मनीमा कोरोना तेस्रो लहर निकै खराब हुन सक्ने, स्वास्थ्य प्रणालीनै ठप्प हुने चिन्ता

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७



  • ब्रेमेन, जर्मनी। जर्मनीमा तेस्रो चरणको कोरोना भाइरसको प्रभाव अघिल्ला दुई लहरको भन्दा निकै खराब हुँदै गइरहेको छ। कोरोनाको बढ्दो संक्रमण दर प्रतिदिन १ लाखसम्म पुग्न सक्ने परिस्थिति देखिएकाले सावधान रहन वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

    नयाँ परिवर्तित भाइरसको असर करिब ८० प्रतिशत देखिएको भन्दै स्वास्थ्य मन्त्री यन्स स्पाहनले यही अवस्थामा कोरोना फैलदै गए अप्रिलको मध्यसम्म आइपुग्दा जर्मनीको स्वास्थ्य प्रणाली नै तहसनहस हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘संक्रमण यही गतिमा बढ्दै जाने हो भने आगामी केही हप्तामा जर्मनीका अस्पतालहरु भरिभराउ भएर उपचार प्रभावित हुनसक्छ।’

    जर्मन स्वास्थ्य अधिकारीहरुले शुक्रवार चेतावनी दिँदै कोरोनोभाइरसको मामिलामा यो लहर झेल्न पछिल्ला दुई चरणका भन्दा अत्यन्तै कठिन पर्ने बताएका छन्। अघिल्ला चरणमा भन्दा यसपटक भाइरसको प्रसारित दर अत्यन्तै बढी भएको र धेरै मात्रामा परिवर्तित नयाँ भाइरसको प्रकार फैलदै गएकाले स्थिति चिन्ताजनक हुँदै गएको अधिकारीहरुले जनाएका हुन्।

    जर्मनीको संक्रमण रोगसम्वन्धी प्रमुख निकाय रोवर्ट कोच इन्स्टिट्यूट (आरकेआई) का प्रमुख लोथर वेलर र स्वास्थ्य मन्त्री स्पाहनले आउँदै गरेको इस्टर पर्वमा सक्दो सतर्कता अपनाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

    अहिलेसम्म जर्मनीमा केवल १० प्रतिशत व्यक्तिले मात्र कोरोना भाइरस विरुद्धको खोप पाएका छन्। आगामी सेप्टेम्बर महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य राखेर सरकार अघि बढको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    आवश्यक मात्रामा खोप उत्पादन गर्न नसकिएको र अक्सफोर्ड एस्ट्राजेनिका खोप बेलायतले सम्झौताअनुसार आपूर्ती नदिएपछि समस्या आएको छ। आगामी दिनमा बायोएनटेकको खोप उत्पादनका लागि जर्मनीले तत्काल केही प्लान्ट स्थापना गर्दैछ।

    आगामी महिनादेखि पारिवारिक चिकित्सकबाट पनि खोप लिन सकिने व्यवस्था गरेर सक्दो चाँडो सबैलाई खोप दिइने लक्ष्य राखेको छ। युरोपेली युनियनले गरिब देशहरुलाई दिने भनिएको खोप अनुदान तत्काल रोकेर पहिला युरोपेली संघका देशहरुलाई खोप पुर्याउने भनिएको छ।

    रसियन खोप पनि जर्मनीमा प्रयोग गरिनेबारे छलफल भैरहेको छ। पछिल्लो २४ घण्टामा जर्मनीमा २० हजार ४ सय नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म २७ लाख ५४ हजार सत्रंmमित भएकोमा मृत्यु हुनेको संख्या ७६ हजार ३ सय नाघेको छ। यसैगरी २४ लाख ७७ हजार भने निको भैसकेका छन्। आईसीयूमा ३ हजार भन्दा बढी मात्रामा विरामी छन्।

    जर्मनीमा अहिले प्रति लाख १ सय २५ जना संक्रमित देखिएका छन्, जुन अघिल्लो २ हप्ता पहिले ७६ रहेको थियो। अप्रिल १८ सम्म लकडाउन जारी राखेको जर्मनीले आफ्नो देशमा प्रवेश गर्नका लागि अनिवार्यरुपमा कोरोना नेगेटिभ रिपोर्ट हुनुपर्ने, क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ भने देश बाहिर विदा मनाउन नजान नागरिकहरुलाई आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij