शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विद्युतीय गाडीको आयात ठप्प

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७



  • काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो ।

    तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पु¥याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij