आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पिताको फिल्मफेयर अवार्ड लिन इरफान खानका छोरा पिताकै कपडा लगाएर पुगे

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०७७



  • काठमाडौं । शनिबार घोषित ६६ औं फिल्मफेयर अवार्डका क्रममा दिवंगत अभिनेता इरफान खानलाई ‘अंग्रेजी मिडियम’ फिल्मको लागि सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिइयो । उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड समेत दिइयो । इरफान खानको अवार्ड लिनको लागि उनका छोरा बाबिल स्टेजमा गएका थिए । यस क्रममा बाबिलले पिताकै कपडा लगाएका थिए ।

    बाबिलले यो जानकारी सामाजिक संजालमा शेयर गरेका छन् । उनले आफ्नी आमा किन अवार्ड कार्यक्रममा गइनन् भन्ने पनि खुलासा गरेका छन् । आमा सुतापाले मानिसहरुको सामना गर्न नसक्ने भएकोले अवार्ड कार्यक्रममा नगएको उनले बताउका छन् । बाबिलले एक भिडियो साझा गर्दै लेखेका छन् ‘मम्माले मलाई तयार गर्दै हुनुहुन्छ ।

    त्यसैले जयदीप अहलावत, राजकुमार राव आर, आयुष्मान खुरानासंग अवार्ड लिने क्रममा मैले केही पनि भन्नको लागि यो मेरो ठाउँ हैन भनेको थिएँ । मानिसहरु भन्छन् कि तिमी कहिल्यै आफ्ना पिताको जुत्तामा फिट हुन सक्दैनौं । तर, कमसेकम म उहाँको कपडामा त फिट हुन सक्छु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij