आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेश्यालाई दिन पैसा नभएपछि छिमेकीको घरमा चोरी गर्न पसेका शिक्षकलाई ६ वर्ष जेल सजाय

  • प्रकाशित मिति : शनिबार, चैत्र २१, २०७७



  • काठमाडौं। आफ्नो फ्ल्याटमा वेश्या बोलाएर बसेका २७ वर्षका एक शिक्षकसँग ती वेश्यालाई दिने पैसा नभएपछि उनी छिमेकीको घरमा चोरी गर्न भन्दै पसे । उनले त्यहाँ पैसा चोरी गर्न पाएनन् बरु उल्टै रंगेहात समातिए । सोधपुछका क्रममा उनले आफू वेश्यालाई पैसा दिनको लागि चोरी गर्न छिमेकीको घरमा पसेको बताएका थिए । अदालतले उनलाई ६ वर्ष जेल सजाय सुनाएको छ ।

    घटना बेलायतको हो । डेली मिररको रिपोर्टअनुसार २७ वर्षका एडम मोरिसन कम्प्युटर साइन्सका शिक्षक हुन् । उनले त्यस दिन आफ्नो फ्ल्याटमा मदिरा र ड्रग्स सेवन गरेका थिए र उनले वेश्या पनि बोलाएका थिए । तर, शारीरिक सम्बन्धपछि यी वेश्याले धेरै पैसा माग्न थालिन् । एडमसँग त्यतिबेला अरु पैसा थिएन । त्यसपछि उनले चोरी गरेरै भए पनि पैसा दिने सोचले छिमेकीको घरमा पसे । एडम मुखमा मास्क लगाएर, नाङगो खुट्टा छिमेकीको घरमा रातको ११ बजेतिर पसेका थिए ।

    त्यतिबेला छिमेकी जोडी स्याम र ग्रेस राइट सुत्ने तयारीमा थिए । एडमलाई आफ्नो घरमा पसेको छिमेकी महिला ग्रेसले देखिन् । त्यसपछि उनले स्यामलाई सुटुक्क यसबारे बताइन् । त्यसपछि स्याम र एडमबीच भिडन्त भयो, एडमले स्यामलाई घाइते पनि बनाए तर अन्ततः स्यामले एडमलाई नियन्त्रण गर्न सफल भए । त्यसपछि उनीहरुले पुलिसलाई खबर गरे ।

    यो मुद्दाको सुनुवाइको क्रममा एडमका वकिलले एडमको प्रतिरक्षामा एडम एक शिक्षक भएको, उनकी आमा सामाजिक कार्यकर्ता भएको र उनका दाजुभाइ दिदीबहिनीहरु राम्रो पोजिसनमा रहेको बताए । एडम यो घटनाका कारण लज्जित भएको र उनको यसअघि कुनै आपराधिक रेकर्ड नभएकोले उनको सजायमा विचार गर्न आग्रह गरेका थिए । तर, एडमले स्याममाथि आक्रमण गरेको, ग्रेसको भित्री वस्त्र चोरी गरेको र हिंसात्मक व्यवहारका कारण अदालतले उनको सजाय यथावत राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij