आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्गर दिन ढिलो गरेको रिसमा महिलाले बर्गर किंगका कर्मचारीमाथि गोली चलाइन्

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७



  • काठमाडौं। बर्गर किंगमा बर्गर लिन गएकी एक महिलाले धेरै बेर कुर्नु परेपछि रिसाएर कम्पनकिा ड्राइभ थ्रु स्टाफमाथि गोली चलाएकी छिन् । सीसीटिभी फुटेजमा अमेरिकाको मेम्फिसस्थित बर्गर किंगको आउटलेटमा ती महिला झ्यालबाट चियाइरहेकी देखिएकी छिन् । पुलिसका अनुसार ती महिला मंगलबार बर्गर किंगको आउटलेटमा पुगेकी थिइन् जहाँ उनको त्यहाँका कर्मचारीसँग चर्को बहस भएको थियो किनकि उनलाई त्यहाँका कर्मचारीले काम ढिलो गरेको लागेको थियो ।

    डेली मिररका अनुसार बहसपछि उनले कारमा रहेको बन्दूक उठाएर त्यहाँका स्टाफमाथि गोली चलाएकी थिइन् । उनले केही राउण्ड फायर गरेपछि स्टाफहरु पछाडिको ढोकाबाट भागेका थिए । कर्मचारीहरुलाई कुनै चोट नलागेको बताइउको छ । ती महिला भने फरार छिन् र उनलाई पुलिसले खोजी गरिरहेको छ । क्राइम स्टपर्स अफ मेम्फिस एण्ड शेल्बी इंकको तर्फबाट यी महिलालाई पक्राउ गर्न सघाउनेलाई १ हजार डलरसम्मको पुरस्कार दिने घोषणा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij