आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुडानमा विद्रोही आक्रमण, ८७ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७



  • एजेन्सी । सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् ।

    पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमध्यमहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारीहरूले संयक्त राष्ट्रसंघका कर्मचारी र स्वास्थ्यकर्मी सवार सवारीसाधानमा पनि आगजनी गरेको समाचारमा उल्लेख छ ।

    उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर, विद्रोहीका हिंसात्मक गतिविधिका कारण सर्वसाधारण त्रसित भएको छ ।

    यसअघि सन् २०१९ मा पनि सुडान र डारफोरमा विद्रोहीले राष्ट्रसंघी कार्यालयहरूमा समेत आक्रमण गरेका थिए । पछिल्ला वर्षहरूमा विद्रोहीका गतिविधि बढ्न थालेपछि विस्थापित हुने सर्वसाधारणको संख्या बढ्दै गएकाले विभिन्न दातृ निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij