आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ मा हुने

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०७७



  • एजेन्सी । बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ ।

    गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको छ ।

    आगामी १७ तारिखको स्थानीय समय अनुसार दिउँसो ३ बजे सेन्ट जर्ज च्यालेसमा अन्तिम संस्कार कायक्रम शुरु हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    कोरोनाका कारण अन्तिम संस्कारमा सर्वसाधारणलाई उपस्थितिका लागि स्वीकृति दिइने छैन ।

    सीमित व्यक्ति मात्र उक्त अन्तिम संस्कारमा सहभागी हुन पाउने बताइएको छ । यसैबीच बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा प्रधानमन्त्री बोरिस जोन्सन उपस्थित नहुने हुनुभएको छ ।

    प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जोन्सन राजकुमार फिलिपको अन्त्येष्टिमा उपस्थित नहुने जानकारी दिएको हो ।

    बेलायतमा कोरोना भाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको संख्या यसअघिको भन्दा निकै कम गरिएको छ ।

    प्रधानमन्त्रीको कार्यालयका अनुसार राजकुमारको परिवार र नजिकका मानिसलाई स्थान दिनका लागि जोन्सन अन्तिम संस्कारमा नजाने हुनुभएको हो ।

    मृत्यु अगाडि राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न अनुरोध गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij