आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसी विपक्षी नेता अलेक्सी नवाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गर्दै

  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८



  • एजेन्सी । रुसी विपक्षी नेता अलेक्सी नवाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् ।

    केही समयअघिदेखि हिरासतमा रहेका नवाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले देशव्यापी रुपको विरोध प्रदर्शन गर्दै आएका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक नवाल्नीको स्वतन्त्रताको माग गर्दै हजारौं समर्थकहरु सडकमा ओर्लिएको अलजजिराले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि नवाल्नीको उचित उपचारको व्यवस्था नमिलाएको भन्दै सरकारको आलोचना गरेको छ ।

    राष्ट्रसंघले नवाल्नीको मानवअधिकारको रक्षा रुसको ध्यानाकर्षण गराउँदै आएको छ । यता सरकारी अधिकारीहरुले नवाल्नीमाथि कुनै अमानवीय व्यवहार नगरेको स्पष्ट पारेका छन् ।

    उनीहरुले कैदी बन्दीले पाउने सुविधासहित हिरासतमा राखिएको दावी गरेका छन् । यसअघि मार्च ३१ मा नवाल्नीले कारागारमै भोक हड्ताल सुरु गरेका थिए । हड्तालका कारण उनको स्वास्थ्य बिग्रँदै गएको चिकित्सकहरुले जनाएका छन् ।

    कोरोना महामारी नियन्त्रणमा नआइसकेका बेला सर्वसाधारण सडकमा ओर्लिएको भन्दै सरकारले असन्तुष्टीसमेत जनाएको छ । सुरक्षा अधिकारीहरुले कतिपय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । ४४ वर्षिय नवाल्नीलाई जर्मनीबाट फर्कने क्रममा गत जनवरीमा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij