प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७८
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ। आइतबार २८ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९३ एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको छ।
यो अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij