आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १०, २०७८



  • LVN Nadine Snyder gives a COVID-19 nasal test to Aajuni Sandhu, 2-weeks-old of Moreno Valley as her dad Dawinder Sandhu holds her in a ED-2 exam room at Riverside University Health System as they are getting ready to move into the next phase of its Surge Plan to be able to accommodate more people who come in with coronavirus symptoms in Moreno Valley on Friday, June 26, 2020. (Photo by Terry Pierson, The Press-Enterprise/SCNG)

    नयाँ दिल्ली । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आउदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम सङ्क्रमित हुने गरेका छन् ।

    सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी धेरै रहेको छ ।

    भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ । ती मध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

    भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । सोमबार विहानसम्ममा तीन लाख नाघ्ने देखिएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएपनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।

    कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । यसअघि लामो समयसम्म सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहदै आएको थियो ।

    अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

    कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij