आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस महाधिवेसनको मोडालिटी परिवर्तनमा फरक-फरक धारणा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८



  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन इरत समूहमा महाधिवेसनलाई लिएर फरक-फरक धारणा देखिएको छ ।

    भर्चुअल माध्यामबाट संस्थापन इतर समूहको बुधबार बसेको केन्द्रीय सदस्यहरुको बैठकले महाधिवेनको सन्दर्भमा छलफल गरेको हो ।

    छलफलमा वर्तमान परिस्थितीमा महाधिवेसनको संभावना कम भएको पक्षमा पनि मत बलियो देखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    बैठकमा सहभागि नेता अर्जुननरसिंह केसीले १३ औं महाधिवेसनका प्रतिनिधिहरुबाट भए पनि महाधिवेसन गराउन सभापतिलाई दबाब दिनुपर्ने धारणा राखेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

    इतर पक्षको छलफलमा विकल्प दिएर भए पनि सभापति देउवालाई महाधिवेसन गर्न दवाव दिनुपर्ने मत बलियो देखिएको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलको आयोजनामा भएको बैठकमा सिटौंला समूहको पनि सहभागिता रहेको थियो ।

    क्रियाशील छानविन समिति सदस्यहरु प्रदीप पौडेल, कल्याण गुरुङ्ग र जीवन परियारले सदस्यको विषयमा भएको प्रगति बैठकमा जानकारी गराएका थिए ।

    बैठकमा क्रियाशील सदस्यताको विवाद देखिएको जिल्लाहरुमा पुरानै सदस्यहरुबाट अधिवेसन गर्नुपर्ने र मोडालिटी परिवर्तन गरेर तोकिएको समयमा १४ औं महाधिवेसन गर्नुपर्नेमा नेताहरु सहमती नजिक पुगेका छन् केन्द्रीय सदस्यहरुले शीर्ष नेतृत्वलाई महाधिवेसनको मोडालिटीको विषयमा सुझाव दिएको नेता जीवन परियारले जानकारी दिनुभयो ।

    कांग्रेसले यही भदौं ७ गते पार्टीको १४ औं महाधिवेसन गर्ने कार्यतालिका फागुनमै सार्वजनि गरेको थियो ।

    तर, क्रियाशील सदस्यताको विवाद तीन जिल्लामा छ भने सिन्धुपाल्चोकमा पार्टी समायोजनको काम नै बाँकी छ ।

    यसअघि वरिष्ठ नेता पौडेलले तोकिएको मितिमा महाधिवेसन गर्न दुई विकल्प सुझाउनु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij