आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २५, २०७८



  • एजेन्सी । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ ।

    अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो ।

    योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७४ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    गत २४ घण्टामा ब्राजिलमा ३७ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिइएको छ ।

    यो संख्या सँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ६९ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

    यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् ।

    ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख सङ्क्रमितहरुमा २२५ जनाको ज्यान जाने गरेको छ ।

    ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

    यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

    ब्राजिल संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा पर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij