आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी राष्ट्रपतिलाई निराश पार्ने किम यो जोंगको बयान

  • प्रकाशित मिति : मङ्लबार, असार ८, २०७८



  • काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनकी बहिनी किम यो जोंगले अमेरिकासँग कुटनैतिक वार्ता सुचारु हुन सक्ने सम्भावनामाथि पूर्णविराम लगाइदिएकी छिन् । मंगलबार उनले भनिन् ‘अमेरिकाले गरिरहेको वार्ताको अपेक्षाले उसलाई नै गम्भीर निराशामा पार्नेछ ।’ केही दिनअघि उत्तर कोरियाली शासक किम जोंग उनले उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैको लागि, त्यसमा पनि बढी संघर्षको लागि तयार हुनुपर्ने बताएका थिए ।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले किम जोंग उनको यो कुरालाई ‘रोचक संकेत’ भएको टिप्पणी गरेका थिए । समाचार एजेन्सी एपीले कोरियाली समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै जनाएअनुसार सुलिभानको यही टिप्पणीको जवाफमा यो जोंगले एक वक्तव्य जारी गर्दै भनेकी छिन् ‘एउटा कोरियन उखान छ – सपनाको सबैभन्दा महत्वपूर्ण कुरा त्यो देख्नु हो, त्यो पाउनु हैन । यस्तो लाग्छ अमेरिकाले परिस्थितिलाई आफ्नो लागि अनुकूल अवस्थामा देख्ने प्रयास गरिरहेको छ ।’ ‘ती अपेक्षाहरु जुन उनीहरुले गलत तरिकाले राख्न खोजे, त्यसले उनीहरुलाई ठूलो निराशामा पार्नेछ’ यो जोंगले भनेकी छिन् ।

    उनको यो बयान त्यतिबेला आएको छ जतिबेला अमेरिकाका उत्तर कोरियाली मामिला सम्बन्धी शीर्ष राजदूत सुंग किम दक्षिण कोरिया भ्रमणमा छन् । मंगलबार बिहान दक्षिण कोरियाली एकीकरण मन्त्री ली इन योंगसँगको बैठकमा सुंग किमले वाशिङटन र सियोल कोरियाली प्रायद्विपलाई कूटनीतिमार्फत आणविक निशस्त्रीकरण गर्न संयुक्त रुपमा प्रतिबद्ध रहेको बताएका थिए ।’ सुंग किमले उत्तर कोरिया छिटै वार्तामा आउने अपेक्षाा पनि व्यक्त गरेका थिए ।

    यो जोंगको यो बयानले नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निराश पार्न सक्छ । यसअघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ पटक वार्ता गर्दा पनि किम जोंग उनलाई आणविक निशस्त्रीकरणका लागि मनाउन सकेका थिएनन् । यस्तोमा अहिलेका राष्ट्रपति बाइडेनले उत्तरु कोरिया समस्या वार्तामार्फत समाधान गर्ने अपेक्षा गरिएको थियो । तर, उत्तर कोरियाले आणविक हतियारको अनुसन्धान र उत्पादन झनै बढाइरहेको रिपोर्ट बाहिरिएको छ ।

    उत्तर कोरिया मामिलामा केन्द्रित अखबार डेलीएनकेका अनुसार उत्तर कोरियाले अहिले सैन्य उपकरणको अनुसन्धान र उत्पादन बढाएको छ । रिपोर्टका अनुसार अर्को वर्ष उत्तर कोरियाका संस्थापक तथा किमका हजुरबुवा किम इल सुंगको जन्मदिनको अवसर पारेर उत्तर कोरियाले देशको इतिहासकै सबेभन्दा ठूलो सैन्य परेड गर्ने तयारी गरिरहेको छ ।किम इल सुंगको जन्मदिन अप्रिल १५ मा पर्छ । सुंगको ११० औं जन्मदिनको यो कार्यक्रमका लागि तयारी सुरु भइसकेको डेलीएनकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij