आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका

  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८



  • एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ ।

    इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको जनाएको छ ।

    टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा हवाई हमला गरिएको हो ।

    सर्वसाधारणमाथि लक्षित गरी हवाई हमला नगरेको सेनाले स्पष्ट पारेको छ । यद्दपी संयुक्त राष्ट्रसंघले भने घटनाको छानबीन गर्न माग गरेको छ ।

    इथियोपियामा विद्रोहीहरुले हालैका दिनमा आतंकबादी घटनाहरु गर्दै आएका कारण सरकारले उक्त क्षेत्रमा हवाइ कारवाही तीव्र पारेको जनाएको छ ।

    आक्रमणलगत्तै रेडक्रसलगायतका सहायता संस्थाहरुले घाइतेहरुको उद्धार गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij