आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त

  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८



  • इस्लामावाद । पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

    खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पु¥याएको हो ।

    कोरोनाभाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय बजारबाट अरु खोप पनि ल्याउने प्रयास गरिरहेको छ ।

    अहिले चीनबाट ल्याइएको खोप देशभरी रहेका खोप केन्द्रहरुमा पठाइने र त्यहीबाट आम नागरिकलाई लगाइने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ५० हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ९३० जना बुधबार थपिएका हुन ।

    राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार बुधबार थप ३९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्या २२ हजार ७३ पुगेको छ ।

    पाकिस्तानमा यसअघि पनि चीनबाट नै दश लाख मात्रा सिनोफार्मा खोप प्राप्त भएपछि देशव्यापी खोप अभियान संचालन गरिएको थियो । गत मार्चमा संचालन भएको सो खोप अभियानअन्तर्गत अग्रपंक्तिमा खटिएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई खोप सेवा उपलब्ध गराइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij