भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो ।
प्रधानमन्त्रीलाई एक पत्र लेख्दै ह्यानककले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले भने राजीनामा पत्र पाएर आफू ’दुःखी’ भएको उल्लेख गर्नुभएको छ । नयाँ स्वास्थ्यमन्त्रीमा भने पूर्व अर्थमन्त्री शजिद जावेदलाई ल्याइएको छ ।
तीन सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।
ह्यानककले आफैले बनाएको नियम पालना गर्नु आफूहरुको कर्तव्य भएको भन्दै माफी माग्दै राजीनामा दिनुभएको हो ।
