आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इजरायलपछि अब अर्को देशले पनि मास्क लगायत कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटायो

  • प्रकाशित मिति : आइतवार, असार १३, २०७८



  • काठमाडौं। आइसल्याण्ड कोरोनाभाइरससम्बन्धी सबै प्रतिबन्ध हटाउने युरोपकै पहिलो देश बनेको छ । यो उत्तर एटलान्टिक देशले शनिबारदेखि देशभित्र सबै किसिमका प्रतिबन्धहरु हटाएको छ । देशका प्रमुख महामारीविद पोरोल्फु गुओनासोनको सिफारिसपछि सबै प्रतिबन्ध हटाइएको हो ।

    आइसल्याण्डको अखबार मोर्गुनब्लाडिडका अनुसार आगामी जुलाइ १ देखि देशमा देशबाहिरबाट आउनेहरुका लागि पनि खुकुलो पारिँदैछ । जुलाइ १ पछि आउनेहरुले आफूलाई यसअघि कोभिड संक्रमण भएर निको भएको वा युरोपेली औषधि नियामक निकाय, वा विश्व स्वास्थ्य संगठनबाट स्वीकृति प्राप्त खोप लगाएको वैधानिक कागजात देखाएका सीमामा उनीहरुको जाँच गरिने छैन । जुलाइ १ देखि नै २००५ भन्दा पछि जन्मिएका बालबालिकाको पनि सीमामा जाँच हुने छैन ।

    पहिले संक्रमण भएको वा स्वीकृति प्राप्त खोप लगाएको वैधानिक प्रमाण पेश गर्न नसक्ने यात्रुहरुले भने पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । उनीहरुको सीमामा परीक्षण पनि हुनेछ, ५ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ र त्यसपछि दोस्रो पटक परीक्षण गरिनेछ । सीमामा यो नियम अगष्ट १५ सम्म लागू रहनेछ ।

    अहिलेसम्म आइसल्याण्डका १६ वर्षभन्दा माथिका ८७ प्रतिशत जनताले कम्तीमा एक डोज खोप लगाइसकेका छन् । ६० प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् । यससँगै आजदेखि अब आइसल्याण्डमा मास्क लगाउन, दूरी कायम गर्न अनिवार्य हुने छैन र मानिसहरु जम्मा हुने संख्यामा पनि कुनै सीमा हुने छैन । फिटनेस सेन्टर, स्विमिङ पुल, स्टोर, रेस्टुरेन्ट, नाइट क्लव र बारहरु कुनै प्रतिबन्धबिना चल्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij