आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाउँमा श्रीमतीहरुको झगडा भएको निहुँमा दुबइमा श्रीमानहरुको लडाइँ, दुवै जेल पुगे

  • प्रकाशित मिति : बिहिबार, असार १७, २०७८



  • काठमाडौं। रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा लडाइँ भयो । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै लडे । अन्ततः ती दुवैलाई जेल सजाय भएको छ । यी दुवै परिवार पाकिस्तानी हुन् । पाकिस्तानमा श्रीमतीहरुबीच भएको झगडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो ।

    यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन् । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झगडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेका थिए । दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार छोटकरीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने हतियारले आक्रमण गरेका थिए । जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको गल्फ न्यूजले जनाएको छ ।

    पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो । यसको कारण पीडित र आक्रमणकारीका श्रमितीहरुबीच पाकिस्तानमा भएको झगडा थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँचिएको र टाउकोमा चोट लागेको पाइयो । उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन् । अन्ततः दुई आक्रमणकारीहरुलाई भौतिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइएको छ । फैसला सेप्टेम्बर ७ मा आउने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij