आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफैंले आँखीभुइँ छेड्दा १५ वर्षकी किशोरीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८



  • काठमाडौं। घरमै आफैंले आफ्नो आँखीभुइँ छेड्दा १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ । आँखीभुइँ छेडेपछि उनलाई घातक संक्रमण भएर उनको अनुहार बेलुनझैं फुल्लिएको थियो । उनको आँखा वरिपरीको भाग सुन्निएर उनी आँखाले हेर्न पनि नसक्ने भएकी थिइन् ।

    १५ वर्षकी इजाबेला एडुआर्डा डिसुजाले दक्षिण पूर्वी ब्राजिलियर राज्य मिनास गेराइसको एंगेनहेइरो काल्डासमा रहेको आफ्नो घरमा एक साथीको सहयोगमा आँखीभुइँ छेडेकी थिइन् । द सनको एक रिपोर्टअनुसार यी किशोरीले पहिलेदेखि नै आफ्नी आमालाई आफ्नो अनुहारमा छेड्न अनुमति दिन आग्रह गरेकी थिइन् तर उनकी आमा र उनका परिवारले यसको अनुमति दिएका थिएनन् ।

    छेडेको ३ दिनपछि इजाबेलाको अनुहारमा चिन्ताजनक लक्षणहरु देखिन थालेका थिए । उनको आँखा वरिपरिको भाग सुन्निन थालेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई ४ पटक हृदयाघात भएको थियो । उनको शरीरले बाहिरी वस्तुलाई अस्वीकार गरेपछि उनको स्वास्थ्य बिग्रिँदै गएको थियो । उनको स्थिति गम्भीर भएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा सारियो । त्यहाँ उनलाई अक्सिजन सपोर्टमा १ हप्तासम्म राखियो तर, अन्ततः उनको मृत्यु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij