आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको शिमलामा ११ वर्षकी नेपाली बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति पक्राउ

  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८



  • काठमाडौं। भारतको शिमलामा ११ वर्षकी नेपाली बालिका बलात्कृत भएकी छिन् । बलात्कारको अभियोगमा ५९ वर्षका व्यक्ति पक्राउ परेका छन् । पुलिस स्रोतलाई उद्धृत गर्दै दैनिक ट्रिब्युनले जनाएअनुसार आरोपीलाई शिमलाको जाठिया देवी क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको हो ।

    जानकारी अनुसार पीडित बालिकाका मातापिता घरमा नभएका बेला बलात्कार गरिएको हो । आरोपी नेपाली परिवार भाडामा कोठा लिएर बस्ने घरका घरबेटी रहेको बताइएको छ । उनले बालिकालाई बलात्कारबारे कसैलाई बताए मारिदिने धम्की दिएका थिए ।

    पछि बालिकाले आफ्नी आमालाई घटनाबारे बताएकी थिइन् । बालिकाकी आमाकै उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । शिमला पुलिसले आरोपीलाई दफा ३७६ (बलात्कार), दफा ५०६ (आपराधिक धम्की) र यौनजन्य हिंसाविरुद्ध बालबालिका संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij