आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अश्लील फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • काठमाडौं। बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ।

    प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसेको छ। प्रहरीले कुन्द्रा विरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमााणसमेत भएको जनाएको छ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। प्रहरीले यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij