आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकामा मंकीपक्सको त्रास

  • प्रकाशित मिति : बिहिबार, साउन ७, २०७८



  • एजेन्सी । अमेरिकाले मंकीपक्स संक्रमित हुन सक्ने आशंकामा २७ राज्यका २ सय जनालाई निगरानीमा राखेको छ ।

    हालै नाइजेरियाबाट अमेरिका फर्किएका टेक्ससको डल्लासका एक व्यक्ति मंकीपक्स संक्रमित पाइएपछी ती ब्यक्तिको सम्पर्कमा आएका र सम्भावित सक्रमितलाई मध्यनजर गर्दै २ सय जनालाई निगरानीमा राखिएको हो ।

    निगरानीमा राखिएका २ सय जना ती बिरामीसँग ६ फिटको दूरीभित्र रहेर विमानमा यात्रा गरेका यात्रुदेखि विमानमा उनले प्रयोग गरेको बाथरुम प्रयोग गर्नेहरु समेत छन् । यसबाहेक उनको नजिक गएका फ्लाइट अटेन्डेन्ट, पछि बाथरुम सफा गरेका कर्मचारी तथा बिरामीको सम्पर्कमा आएका परिवार र आफन्तको पनि निगरानी भइरहेको छ ।लागोसबाट टेक्सस फर्किने क्रममा नाइजेरियाली ती नागरिक यही जुलाइ ८ र ९ का दिन बीचमा जर्जीयाको एटलान्टा शहरमा बसेका थिए ।

    यसको करिब एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको थियो । मंकीपक्स संक्रमण हुँदा फ्लुजस्तै लक्षण देखिनुका साथै शरीरमा दानाहरु देखा पर्छन् । यो संक्रमण शरीरको तरल पदार्थ र श्वास प्रश्वास मार्फत एक मानिसबाट अर्को मानिसमा सजिलै सर्ने गरेको छ । संक्रमण पुष्टि भएपछि यी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

    मंकीपक्स संक्रमितमध्ये करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ । चीनमा मंकीपक्स भाइरसका कारण गत मंगलबार मात्रै एकजनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij