आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

द्वन्द्वमा विस्थापित ८ हजार अफगान नागरिकलाई अमेरिकाले भिसा दिने

  • प्रकाशित मिति : शुक्रबार, साउन ८, २०७८



  • एजेन्सी । अमेरिकाले ८ हजार अफगान नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ ।

    अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक पारित गरेको हो ।

    दुवै सदनले उक्त विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अमेरिकामा बसोबासको अनुमति पाउने भएका छन् ।

    संसदको तल्लो सदनमा भएको मतदानमा ४०७ जना सांसदले सो विधेयकको पक्षमा मतदान गरेका थिए । अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा आफ्ना सेना राखेको थियो । सो समयमा अमेरिकी सेनाले तालिवानी विद्रोहीविरुद्धको कारवाहीलाई तीव्र बनाएको थियो ।

    सन् २००१ मा अलकायदाका नेता ओसामा विन लादेनले अमेरिकामा आत्मघाती हमला गरेसँगै अमेरिकाले अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाले आगामी डिसेम्बरदेखि सो भिसा वितरण गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij