प्रकाशित मिति : शुक्रबार, साउन ८, २०७८
काठमाडौं। टोकियो ओलम्पिक गेम्स शुक्रबार उद्घाटन गरिएको छ। जापानको राजधानी शहर टोकियोमा खेलकुद महाकुम्भको उद्घाटन भएको छ। कोरोना महामारीका कारण खाली स्टेडियममा भव्य रुपमा ओलम्पिक उद्घाटन भएको हो।
जापानी सम्राट नरिहितोलगायत मात्र ९५० जना दर्शकको माझमा उद्घाटन समारोह भएको छ। गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष ढिला भएको हो। तर, यो वर्ष पनि कोरोनाको महामारी यथावत रहेकाले दर्शकबीना नै खेलहरु हुन लागेका हुन्। जापानमा हाल आपतकाल जारी छ। खेल सकिँदासम्म आपतकाल जारी रहनेछ।
नेपालबाट ओलम्पिकमा ५ जना खेलाडी सहभागी छन्। विभिन्न ४ खेलमा पाँच खेलाडी सहभागी रहेको नेपालका लागि पौडीकी गौरिका सिंहले नेपालको झण्डा बोकेकी छन्। गौरिका दोस्रो पटक ओलम्पिकमा सहभागी हुँदैछन्। नेपालले हालसम्म ओलम्पिकमा पदक जित्न सकेको छैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij