आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टोकियो ओलम्पिकमा १९ स्वर्णसहित चीन शीर्षस्थानमा, जापान दोस्रो स्थानमा

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • एजेन्सी । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ ।

    ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ ।

    यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ । रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३४ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

    यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, हंगेरी र स्लोभानिया रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ ।

    अहिलेसम्म कुल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४२ राष्ट्रले स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा नेपालको प्रतिस्पर्धा भने शुक्रबारबाट सकिएको छ । नेपालका पाँच खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij