आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले स्थायी कमिटी बैठक आज बस्दै

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८



  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    यसअघि हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफल पछि बैठक राख्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो ।

    कार्यदलमा दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको बताइएको छ । दुई अध्यक्षका विषयमा भने अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सकारात्मक देखिएका छैनन् । दोस्रो तहका नेता जसरी पनि पार्टीलाई एक गराउनुपर्ने पक्षमा देखिदा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल भने एक अर्कामाथि गाली गलौजमा उत्रिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij