आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८



  • ओखलढुङ्गा। कोरोना सङ्क्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

    वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

    यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ। उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij