प्रकाशित मिति : शनिबार, साउन २३, २०७८
झापाको मेचीनगर-७ सतिघट्टास्थित पालिया खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ।
मेचीनगर नगरपालिका वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब पाँच सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्।
पारिवारिक स्रोतका अनुसार मध्यान्ह १२ बजे उनी चरनमा रहेको गाई सार्न भनेर घरबाट निस्किएका थिए।
अपरान्ह ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छिमेकीले खनाललाई पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij