आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

  • प्रकाशित मिति : बिहिबार, भदौ ३, २०७८



  • क्वालालमपुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

    दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन् ।उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गरेका छन् ।

    राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गरेको उल्लेख गरिएको छ । छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गरेका छन् ।

    तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

    यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij