आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानको एकमात्र कन्या स्कुलका छात्राहरुको सबै रेकर्ड संस्थापक आफैंले जलाइन्

  • प्रकाशित मिति : आइतवार, भदौ ६, २०७८



  • काठमाडौं। २५ वर्ष पहिले तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि छोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइयो र सबै छात्राहरुका शैक्षिक कागजपत्रहरु जलाइयो । मार्च २००२ मा अमेरिकाले तालिबानीलाई भगाएपछि अफगानी छात्राहरुले प्लेसमेन्ट परीक्षा दिएर आफ्नो योग्यता प्रमाणित गरे । त्यसपछि छात्राहरुको लागि स्कुलको जग हालियो । अहिले तालिबान फेरि फर्किएपछि त्यहाँका छात्राहरुका दस्तावेजहरु जलाउन थालिएका छन् ।

    २५ वर्षअघि शैक्षिक दस्तावेजहरु जलाइएका छात्राहरुमध्ये शबाना बासिज पनि एक थिइन् । उनका सबै शैक्षिक कागजपत्र तालिबानले जलाइदिएपछि उनले फेरि पढ्नको लागि परीक्षा दिएकी थिइन् । अहिले शबाना अफगानिस्तानको एकमात्र कन्या स्कुलकी संस्थापक र अध्यक्ष हुन् । उनले आफ्नो स्कुलका सबै छात्राहरुको रेकर्ड जलाइदिएकी छिन् । बासिजले आफ्ना छात्राहरु र उनीहरुका परिवारको सुरक्षाका लागि यस्तो गरेकी हुन् ।

     

    शबानाले ट्वीटरमा लेखेकी छिन् ‘लगभग २० वर्षपछि अफगानिस्तानमा छोरीहरुका लागि एकमात्र बोर्डिङ स्कुलकी संस्थापकको रुपमा मैले आफ्ना सबै छात्राहरुको रेकर्ड जलाउँदैछु । म यस्तो यी रेकर्डहरु मेटाउनको लागि होइन बरु ती छात्राहरु र उनीहरुका परिवारलाई बचाउनको लागि गरिरहेकी छु ।’ शबानाका अनुसार उनीसँग काम गर्नेहरु र उनका छात्राहरु सुरक्षित छन् तर अफगानिस्तानमा धेरै मानिसहरु सुरक्षित छैनन् ।

    तालिबानले काबुलमा कब्जा गरेपछि आफ्नो शासनमा महिलाहरुको अधिकार सुरक्षित भएको र इस्लाममा महिलाहरुलाई जति अधिकार दिइएका छन् ती सबै अधिकार दिइने बताएको छ । तालिबानले कैयौं भिडियो जारी गरेर छात्राहरुका स्कुल खुलेका छन् र उनीहरु पूरै स्वतन्त्रताका साथ स्कुल गइरहेका छन् भन्ने देखाउने प्रयास गरेको छ । तर, अफगानिस्तानमा धेरैजसो मानिसहरुलाई तालिबानमाथि विश्वास छैन । यही कारण काबुलका भित्ताहरुमा भएका महिलाहरुका पोस्टर हटाइएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij