आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज हिन्दूहरुले जनै तथा रक्षा बन्धन धारण गर्दै, तराईमा राखी बाँध्ने चलन

  • प्रकाशित मिति : आइतवार, भदौ ६, २०७८



  • काठमाडौं । आज जनैपूर्णिमा । नेपालका तागाधारी समुदायले आज रक्षा बन्धन तथा यज्ञोपवित (जनै) धारण गरी यो पर्व मनाउँदैछन । साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका तागाधारी समूदायले वैदिक विधीपूर्वक मन्त्रण गरिएको जनै धारण गर्ने गर्दछन् ।

    चुडाकर्म नगरेका तागाधारी र अन्य समुदायले नाडीमा रक्षाबन्धन धारण गर्दछन् । आज विहानै नदी, तलाउ वा तीर्थमा पुगेर स्नान गरी शुद्ध भएर विधिपूर्वक जनै तथा रक्षाबन्धन धारण गर्ने गरिन्छ ।

    जनैको ६ वटा शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म र योगको रुपमा लिने गरिन्छ । जनैलाई ब्रह्मसूत्र वा ज्ञानधागोको रुपमा पनि लिने गरिन्छ । काश्यप, अत्रि, गौतम, भारद्वाज, जमदग्मी, वशिष्ठ र विश्वामित्र ऋषिलाई कुश, कालो तिल र जलको तर्पण दिइने भएकाले यो पर्वलाई ऋषि तर्पणी पूर्णिमाको रुपमा पनि लिने गरिन्छ ।

    यस पूर्णिमाको अघिल्लो दिन बाबुआमा नभएकाहरुले कपाल मुण्डन गरी स्नान गरेर एकछाक खाने चलन रहेको छ । यो पर्व मनाउन आज काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाईकुण्ड लगायतका तीर्थस्थलमा मानिसहरुको भीड लाग्ने गर्दछ ।

    पशुपतिनाथलाई पनि आजै जनै फेराउनु पर्ने भएकाले मन्दिरका मूल पूजारीले भने अघिल्लो दिन नै नयाँ जनै धारण गर्ने चलन रहेको छ । जनै फेरिएपछि भगवान पशुपतिनाथ गोसाईंकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने विश्वास रहेको छ । त्यसैले जनैपूर्णिमाको भोलिपल्टसम्म पशुपतिनाथ मन्दिर बन्द रहने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij