आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र ठाकुरको दल दर्ताका लागि आयोगले सनाखत गर्दै, प्रमाण पुगे आजै दल दर्ताको सम्भावना

  • प्रकाशित मिति : बुधबार, भदौ ९, २०७८



  • काठमाडौं । निर्वाचन आयोगले माधव नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा आवद्ध गरिएका केन्द्रीय सदस्य तथा सांसदहरुको आज सनाखत गर्दैछ ।

    आयोगले दल दर्ता प्रयोजनका लागि निवेदनमा हस्ताक्षर गरेका नेताहरुलाई आज नागरिकताको प्रमाणपत्रसहित आयोगमा उपस्थित हुन भनेको छ ।

    बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।

    सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । भारतमा उपचाररत् झलनाथ खनालको हकमा कसरी सनाखत गर्ने भन्नेबारे आयोगले केही बताएको छैन । आज सनाखत सकेर आजै दल दर्ता गर्ने निर्वाचन आयोगको तयारी छ ।

    माधव नेपालको दल दर्ता भएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने भएकोले निर्वाचन आयोगले झण्डै ४५ दिन लाग्ने दल दर्ताको प्रक्रिया छोट्याएर फाष्ट ट्र्याकबाट काम अघि बढाएको हो ।

    यसैगरी निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्ताव गरिएको ‘लोकतान्त्रिक समाजवादी पार्टी’ को दर्ता प्रक्रिया पनि आजै अघि बढाउने भएको छ ।

    आयोगले प्रस्तावित पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरुलाई हस्ताक्षर सनाखतका लागि आज दिउँसो आयोगमा डाकेको छ ।

    उनीहरुलाई पनि विहान ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको छ । हस्ताक्षर सनाखतपछि सो दल पनि आजै आयोगमा दर्ता हुने संभावना रहेको छ ।

    काे सनाखत पनि आयाेगले आजै गर्ने भएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij