आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्वतको कुश्माकी पुतली परियारको कुवेतमा मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • पर्वत । रोजगारीका लागि कुवेत पुगेकी पर्वतकी एक महिलाको मृत्यु भएको छ ।

    पर्वतको कुस्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट, २०२१ अर्थात मंगलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारणवारे खुलेको छैन ।

    नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले दिएको जानकारी अनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको बताउनुभयो ।

    राहदानी नं–१०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिएको छ । ४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा काम गर्दै आएको दुतावासले जनाएको छ ।

    दुतावासमा परियारको मृत्यु प्रमाण पत्र भने आईसकेको छैन । पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृया लगायतमा सहजिकरणका लागि नेपाली राजदूताबासको सम्पर्कमा आउन आग्रह गरेको छ । कुवेतको हटलाइन नं– ००९६५–९८८६९१२१ मा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij