आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुदूरपश्चिममा गौरा पर्व सुरु

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र शुक्ल पञ्चमीबाट सुरु हुने गौरा पर्वका क्रममा आजको दिनलाई ‘बिरुडा पञ्चमी’ भन्ने गरिन्छ ।

    यस दिन ब्रतालु महिलाले आफ्ना घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरुवात गर्ने गर्दछन् । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ ।

    गौरीको प्रसादका रुपमा लिइने बिरुडालाई पूजाआजाका क्रममा प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने चलन छ । गौरा पर्वमा सुदूरपश्चिममा डेउडा खेल्ने चलन रहेपनि कोरोना संक्रमणका कारण गत वर्षदेखि भने डेउडाको रौनक हराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij