प्रकाशित मिति : आइतवार, भदौ १३, २०७८
काठमाडाै। पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ। वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
आइतबार बिहान काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो अधिकांश भूभागमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।
महाशाखाका अनुसार सोमबार धेरै स्थानमा वर्षाको सम्भावना छ, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।
मंगलबार मौसममा केही सुधार आउने देखिन्छ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij