आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूजा आराधनामा आरजु, धुमधामका साथ घरमा गौरा भित्र्याइयाे

  • प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८



  • कैलाली । नेपाली काँग्रेसकी महिला नेतृ डा. आरजु राणा देउवाले धनगढीस्थित निवासमा गौरा भित्र्याउनुभएको छ । आइतबार धनगढीस्थित देउवा निवासमा गौराको प्रतिमूर्ति भित्र्याइनुका साथै धुमधामका साथ पुजन गरिएको छ ।

    नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आइतबार बेलुकी धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गर्नुभएको हो । उहाँसँगै गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि साथ दिएका थिए ।

    गौराको पूजा अर्चनाका लागि कांग्रेकी नेतृ आरजु आइतबार दिउँसो काठमाडौंबाट धनगढी आइपुग्नुभएको हो । पूजाअर्चना पछि देउवा निवासमै डेउडा खेलिएको थियो ।

    देउडा खेल्नका लागि देउवा निवासमा टेन्ट लगाइएको छ । देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको स्थानीय नेतृ प्रमिला लम्सालले बताउनुभयो । यसै अवसरमा यहाँका महिला दिदीबहिनीसँग नेतृ आरजुले सामूहिक डेउडा खेल्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij