आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२० वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरियाे, तालिवानले मनायाे खुशीलायली

  • प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८



  • एजेन्सी । अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो ।

    तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै अमेरिका त्यहाँबाट बाहिरिएको हो । अमेरिकी सेना फिर्ता भएपछि तालीवानले हवाई फायर गरी खुशियालाी मनाएका छन् ।

    अमेरिकाले तालीवानले दिएको समायसीमा भित्रै उद्धारको मिसन पुरा गरेको बताएको छ भने तालिवानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएका छन् ।

    यसैबीच अमेरिकी राष्ट्रपपि जो बाइडेनले आफ्ना सैनिकहरुलाई धन्यबाद दिएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफगानिस्तानबारे बोल्लदै उनले डरलाग्दो परिस्थितिमा पनि अमेरिकी सेनाले साहस र उदारता देखाएको भन्दै प्रशंसा गरे ।

    अमेरिकाको अफगानिस्तान मिसन अमेरिकी सेनाको उदारतका कारण सफल भएको बाइडेनको भनाइ थियो । अफगानिस्तान तालिवानको कब्जामा गएपछि अमेरिकाले त्यहाँबाट १ लाख २० हजार अमेरिकी नागरिक, सहयोगी र अफगानी नागरिक लगायत अन्य सहयोगीहरुलाई उद्धार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफगानिस्तानमा अझै पनि सयौं नागरिक उद्धारको पर्खाइमा रहे पनि उद्धार गर्न नसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij