आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानको लागि अमेरिकी दूतावास अब अफगानिस्तानमा नरहने

  • प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८



  • काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता भएसँगै अब अफगानिस्तानको लागि अमेरिकी दूतावास अफगानिस्तानभित्र नरहने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अब अफगानिस्तानसँग अमेरिकाको नयाँ कूटनीतिक मिशन सुरु भएको बताएका छन् । ब्लिंकनका अनुसार अमेरिकाले काबुलमा आफ्नो दूतावास बन्द गरेको छ र यसलाई कतारको राजधानी दोहा स्थानान्तरण गरेको छ ।

    उनले भने ‘अब अमेरिकी सेनाको अन्तिम उडार पूरा भएको छ र हाम सैनिकले अफगानिस्तान छोडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको एक नयाँ अध्याय सुरु भएको छ जसमा हामी आफ्नो कूटनीतिबाट अगाडि बढ्नेछौं । सैनिक अभियान पूरा भयो अब नयाँ कूटनैतिक मिशन सुरु भएको छ ।’

    उनले अफगानिस्तानबाट १ लाख २३ हजार मानिसलाई सुरक्षित निकालिएको बताए । यीमध्ये ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए । उनले भने ‘आजदेखि हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दुतावासलाई दोहा सारेका छौं । हामी यसबारे छिटै कंग्रेसमा जानकारी दिनेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई हेर्दै यो एक सुझबुझपूर्ण कदम हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij