प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८
अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी निरन्तर खबरमा आइरहेकी छिन्। हाल धेरैमा उनको पारिवारिक जीवन अब कसरी अघि बढ्ला भन्ने चासो छ।
भारतीय मिडियामा शिल्पाबारे नयाँ खबर छाएको छ। बलिउड हंगामाका अनुसार शिल्पा आफ्ना व्यवसायी पति राजको घर छोड्ने तयारीमा छिन्।
अभिनेत्री शिल्पाका साथीहरुको कुरालाई आधार मानेर बलिउड हंगामाले यसबारे खबर छापेको हो। यदि शिल्पाका नजिकका साथीहरुलाई विश्वास गर्ने हो भने उनी पति राजलाई छोड्ने तयारीमा छिन्।
‘राजको कानुनी मुद्दा चाँडै समाधान हुने सम्भावना छैन। बरु हरेक हप्ता यो थप जटिल बन्दै गइरहेको छ। अश्लील भिडिओ निर्माणमा राजको संलग्नताले शिल्पा र हामी सबैलाई आघात पारेको छ। घरमा हीरा र डुप्लेक्स गलत स्रोतबाट आउँछ भन्ने उसलाई थाहा थिएन,’ शिल्पाकी साथीले भनेकी छन्।
ती साथीका अनुसार शिल्पा आफ्ना सन्तानलाई श्रीमानको अवैध सम्पत्तिबाट टाढा राख्न चाहन्छिन्। शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन्।
राज पक्राउ परेपछि शिल्पा एक महिनापछि सोनी च्यानलमा प्रदर्शन हुने ‘सुपर डान्सर’ मा देखिएकी थिइन्।
राज पक्राउ परेपछि निर्देशक शिल्पाले सिनेमामा काम नपाउने हुन् भन्ने आशंका धेरैमा थियो। पछिल्लो पटक शिल्पाको ‘हंगामा २’ मा देखिएकी शिल्पालाई निर्देशक अनुराग बसु र प्रियादर्शनले आफ्नो फिल्ममा काम गराउने खबर पनि सार्वजनिक भइसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij