आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाले तालिबानसँग मिलेर अफगानिस्तानमा अपरेशन जारी राख्ने

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • Chairman of the Joint Chiefs of Staff Gen. Mark Milley testifies to Senate Armed Services Committee about the budget, Wednesday, March 4, 2020, on Capitol Hill in Washington. (AP Photo/Jacquelyn Martin)

    काठमाडौं। अमेरिकी सेनाले औपचारिक रुपमा अफगानिस्तान छोडेको भए पनि त्यहाँ आतंकवादी संगठनविरुद्ध अपरेशन भने जारी राख्ने भएको छ । अमेरिकी सेनाका अधिकारीका अनुसार आगामी दिनमा आवश्यकता परेको बेला अमेरिकाले अफगानिस्तानमा आतंकवादी संगठनविरुद्ध एयरस्ट्राइक गर्नेछ । यी अधिकारीका अनुसार अमेरिकाले यसरी आतंकवादी संगठनविरुद्ध अपरेशन गर्दा तालिबानलाई साथमा लिएर गर्नेछ ।

    अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलीका अनुसार अफगानिस्तानमा रहेका इस्लामिक आतंकवादीहरुविरुद्ध अमेरिकाले एयरस्ट्राइक गर्न सक्नेछ । याहू न्यूजमा प्रकाशित रिपोर्टअनुसार भविष्यमा तालिबानसँग सहकार्य गरेर यस्तो गर्न सकिनेछ । मार्क मिलीले भने ‘तालिबान एक क्रुर संगठन हो र ऊ अहिले पनि दशकौं पुरानो जस्तै छ ।’ जनरल मिलीले अफगानिस्तानमा तालिबानको भविष्य के हुन्छ भन्ने कुरा अहिल्यै अनुमान गर्न नसकिने बताउँदै आगामी केही समयसम्म अफगानिस्तान र तालिबानमाथि निगरानी गर्नुपर्ने बताए ।

    जनरल मिलीका अनुसार अमेरिकाले केही दिन अधिसम्म लाखौं मानिसहरुलाई उद्धार गर्ने क्रममा तालिबानले अमेरिकी नागरिकलाई विमानस्थलसम्म जान सुरक्षित बाटो बनाइदिएको र अमेरिका र तालिबानको व्यवसायिक सम्बन्ध रहेको बताए । अमेरिकाले अफगानिस्तान छोड्नुभन्दा पहिले आइएसआइएस–के विरुद्ध एयरस्ट्राइक गरेको थियो । आइएसआइएस–केले काबुल विमानस्थलमा आत्मघाती बम आक्रमण गर्दा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij