आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाईलाई भारतको राष्ट्रिय पशु घोषणा गर्न भारत सरकारलाई अदालतको सुझाव

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • काठमाडौं । भारतको इलाहाबाद उच्च अदालतले गाईको रक्षाको विषयलाई कुनै पनि धर्मसँग जोड्नु जरुरी नभएको बताउँदै गाईलाई राष्ट्रिय पशु घोषणा गर्नुपर्ने बताएको छ । अदालतले भारतको केन्द्र सरकारलाई यस विषयम विचार गर्न भनेको छ । बुधबार जावेद नामका एक व्यक्तिको याचिका खारेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।

    जावेदलाई गोहत्या अधिनियमको धारा ३, ५ र ८ अन्तर्गतका आरोप लगाइएको छ । अदालतले उनको याचिका खारेज गर्दै गौरक्षा केवल एक धर्मको जिम्मेवारी नभएको बताएको छ । गाई देशको संस्कृति भएको बताउँदै अदालतले गाईको रक्षा जोकोहीको जिम्मेवारी भएको बताएको छ । न्यायाधीश शेखर कुमारले फैसला सुनाउँदै केन्द्र सरकारले सदनमा गाईलाई कूल अधिकार दिने गरी नयाँ कानुनको प्रस्ताव ल्याउनुपर्ने बताए ।

    न्यायाधीशले भने ‘गाईलाई राष्ट्रिय पशु घोषित गर्ने समय आएको छ । जसले पनि गाईलाइ दुःख दिन्छ, गाईलाई नोक्सानी पुर्याउने प्रयास गर्छन् उनीहरुविरुद्ध कडा कारवाही हुनुपर्छ ।’ उनले जबसम्म देशमा गाईहरुलाई सुरक्षित गरिँदैन तबसम्म देशको प्रगति पनि अधुरो रहने बताए । गाई हत्याको आरोपमा थुनामा रहेका जावेदले आफूलाई धरौटीमा छाड्न माग गर्दै दायर गरेको याचिका खारेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij