प्रकाशित मिति : शुक्रबार, भदौ १८, २०७८
काठमाडौं। नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो। त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे। नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ।
यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन्। भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्। पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन्।
मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij