आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिजुलीको तारमा अल्झिएको चराको हेलिकप्टरबाट उद्धार ! (भिडियो)

  • प्रकाशित मिति : शनिबार, भदौ १९, २०७८



  • काठमाडौं। सामाजिक संजालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा बिजुलीको तारमा अल्झिएको एउटा चराको उद्धार भइरहेको छ । यो चरालाई बचाउनको लागि हेलिकप्टरबाट उद्धार अपरेशन चलाइयो । भिडियोमा सीगल प्रजातिको चराको ज्यान बचाउनको लागि हेलिकप्टरको प्रयोग गरिएको देखिन्छ । यो उद्धार अभियानको एउटा भिडियो भाइरल भइरहेको छ । यो भाइरल भिडियो हेरेर सामाजिक संजाल प्रयोगकर्ताहरुले उद्धार टिमको प्रशंशा गरिरहेका छन् ।

    भिडियोमा एक व्यक्ति हेलिकप्टरसँग जोडिएको संरचनामा बसेर बिजुलीको तारमा अल्झिएको सीगल चरालाई निकाल्ने कोसिस गरिरहेका छन् । यी व्यक्तिले निकै सावधानीपूर्वक चरालाई बिजुलीको तारबाट निकालेर एउटा झोलामा राख्छन् त्यसपछि हेलिकप्टर त्यहाँबाट जान्छ । डेली मिररका अनुसार यो भिडियो अहिलेको होइन । यो भिडियो ८ वर्षअघि २०१३ मा भएको घटनाको हो । यो घटना अमेरिकाको भर्जिनियामा भएको थियो ।

     

    रिपोर्टअनुसार यो चरा त्यहाँ तारमा २४ घण्टादेखि अल्झिएको थियो । चरा अल्झिएको देखेपछि भर्जिनिया डोमिनियन पावरले चरालाई मुक्त गराउनको लागि हेलिकप्टरको प्रयोग गरेर अपरेशन चलायो र चरालाई त्यहाँबाट सुरक्षित बाहिर निकालियो । २०१३ को यो भिडियो अहिले फेरि सामाजिक संजालमा शेयर भएको छ । यो भिडियोको क्याप्सनमा भिडियो पुरानो भएको नखुलाइएकोले प्रयोगकताृहरु झुक्किएका पनि छन् । २ दिनअघि जाट्स ग्यालरी नामक इन्स्टाग्रामबाट शेयर गरिएको यो भिडियोमा लाखौं भ्यु छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij