आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१६ अर्ब रुपैयाँको डकैती काण्डमा ६ जना पक्राउ, लुटिएका बहुमूल्य सामान भने भेटिएनन्

  • प्रकाशित मिति : शनिबार, भदौ १९, २०७८



  • काठमाडौं। २ वर्ष पहिले भएको निकै ठूलो डकैती काण्डमा ६ जना पक्राउ परेका छन् । हीराको तरबारसहित १ दर्जनभन्दा धेरै हीरा जडित कलाकृतिहरुको यो चोरी संग्रहालयमा भएको थियो । जर्मनीको ड्रेसडेनस्थित ग्रिन भल्ट संग्रहालयमा २०१९ मा भएको यो डकैतीमा १८ औं शताब्दीका बहुमुल्य कलाकृतिहरु चोरिएको जर्मन मिडिया डेचे वेलेले जनाएको छ ।

    रिपोर्टका अनुसार यो चोरीमा प्राचीन बहुमूल्य कलाकृतिहरु गरी कूल ११३.८ मिलियन युरो (१६ अर्ब नेपाली रुपैयाँ) बराबरको चोरी भएको थियो । यो डकैतीको आरोपमा पक्राउ परेका सबै जर्मन नागरिक हुन् । उनीहरुको उमेर २२ वर्षदेखि २७ वर्षको बीचमा छ । उनीहरुमाथि डकैतीपछि संग्रहालयमा आगजनी समेत गरेको आरोप छ ।

    यी आरोपीमध्येका २ जनालाई यसअघि २०१७ मा जर्मनीको राजधानी बर्लिनमा रहेको बोडे संग्रहालयबाट १०० किलो सुनका सिक्का चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो । तर, २०१९ मा भएको यो डकैतीले पूरै जर्मनी हल्लिएको थियो । अटोमेटिक गन, लोडेड सिरभल्भर र साइलेन्सरसहितका हतियार लिएर डकैतहरुले २५ नोभेम्बर २०१९ का दिन बिहान उज्यालो नहुँदै ग्रिन भल्ट संग्रहालयमा डकैती गरेर ४ हजार ३ सयवटा हीरासहित २१ बहुमूल्य आभूषण लिएर फरार भएका थिए ।

    आरोपीहरु पक्राउ परे पनि उनीहरुबाट लुटिएका बहुमूल्य सामानहरु भने बरामद भएका छैनन् । यी आरोपीहरुले संग्रहालय लुट्नुअघि संग्रहालयको चारैतिर सडकका बत्तीहरुको विद्युत आपूर्ति काटिदिएका थिए । संग्रहालय लुटेर बर्लिनतिर भाग्ने क्रममा उनीहरुले एक अण्डरग्राउण्ड कार पार्किङमा ओडी एस६ कारमा आगो लगाइदिएका थिए जसका कारण ६१ वाहन क्षतिग्रस्त भएका थिए । यहाँ १ मिलियन युरोभन्दा धेरै षति भएको अनुमान गरिएको छ ।

    जाँचकर्ताहरु अहिले पनि लुटिएका सामानहरुको खोजी गरिरहेका छन् । चोरी भएका सामानहरुमा १८ औं शताब्दीका बहुमूल्य आभूषण तथा शासक अगष्ट द स्ट्रंगको संग्रहका कैयौं सामान छन् । संग्रहालय व्यवस्थापन गर्ने ड्रेसडेनको रोयल प्यालेसका अनुसार लुटिएका सामानमा एउटा तरबार पनि छ जसको ह्याण्डलमा ९ वटा ठूला ठूला र ७ सय ७० वटा साना साना हीरा जडिएका छन् ।

    अधिकारीहरुले जर्मनीको गोपनीयता सम्बन्धी कानुनका कारण आरोपीहरुको नाम खुलाएका छैनन् । आरोपीहरुको खोजीका क्रममा पुलिसले आरोपीहरु तथाकथित रोमो कबिलाका सदस्य भएको पुष्टि गरेको थियो । यो अरब मूलको एक परिवार थियो र संगठित अपराधको लागि कुख्यात थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij