प्रकाशित मिति : मङ्लबार, भदौ २२, २०७८
काठमाडौं । मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकलाई सम्बोधन सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।
एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन् । तर बैठकमा सहभागीहरुले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन् । उनले भने, ‘संशोधनका लागि कूटनीतिक पहल भइरहेको छ । संशोधन नभई पारित हुँदैन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij