आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिदै

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • काठमाडौं । आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् ।

    हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ । चिकित्सकहरुले भने कोरोना महामारीको जोखिम अहिले पनि रहेकाले भौतिक दूरी कायम राख्ने र बढी भीडभाड नगरी तीज पर्व मनाउनु पर्ने सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij