आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सेप्टेम्बरभित्र खोप तयार पार्ने

  • प्रकाशित मिति : शनिबार, भदौ २६, २०७८



  • एजेन्सी । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् ।

    सो उमेर समूहका लागि कोरोनाको खोप आपतकालीन रुपमा प्रयोगका लागि अमेरिकाले फाइजरलाई अनुमति दिएको पनि उनले बताएका हुन् । सो खोप ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाको सुरक्षाका लागि प्रभावकारी हुने बताइएको छ । अमेरिकामा पछिल्लो हप्तादेखि विद्यालयहरु सञ्चालनमा आएसँगै अमेरिकाले ती उमेर समूहका बालबालिकाहरुलाई खोप दिने तयारी गरेको जनाएको छ ।

    शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले तोकिएको समयसीमाभित्रै बालबालिकालाई खोप लगाइसक्नुपर्ने बताए । उनले मोर्डना खोपपनि नोभेम्बरभित्र तयार हुने भन्दै विद्यालय जने उमेरका सबै बालबालिकालाई प्राथमिकताका आधारमा खोप लगाउने बताए । फाउसीले खोप निर्माताहरुसँगको बैठकमा भ्याक्सीनको तयारीका बारेमा भएका प्रगतीको विवरण बुझाउनसमेत आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij