आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेप्टेम्बर ११ः विश्व नै स्तब्ध भएको त्यो दिन

  • प्रकाशित मिति : आइतवार, भदौ २७, २०७८



  • न्युयोर्क। आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।

    अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए ।

    नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

    ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो ।
    साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

    हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

    अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो ।
    अतिवादीबिरुद्ध को दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर यही ३१ अगस्टमा स्वदेश फर्किएको छ । अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

    २० वर्ष लामो लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij