आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८



  • नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

    गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।

    बस सडकबाट १० फिट तल खस्दा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ। बिहान ४ बजे भएको दुर्घटनामा २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिए।

    मृत्यु हुनेहरूमा बर्दिया जिल्ला बासगढी नगरपालिका वडा नम्बर-८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षीया रंगी तिवारी र कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने अन्दाजी ३०/३५ वर्षका कृष्ण राना रहेको प्रहरीले जनाएको छ। सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

    घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij