प्रकाशित मिति : बुधबार, भदौ ३०, २०७८
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड)को मूल्यमा रेकर्ड गिरावट आएको छ । कोरोनाभाइरसको महामारीका कारण यसरी मूल्यमा गिरावट आएको बताइएको छ । न्यूयोर्कमा कच्चा तेलको मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको छ । २० अप्रिलमा न्यूयोर्कको तेल बजारमा ठूलो हलचल आयो ।
यहाँ कच्चा तेलको मूल्य यतिसम्म कम भयो कि सिलबन्दी पानीभन्दा पनि सस्तो भयो । अहिले आएको गिरावट मे महिनामा आपूर्ति गरिने पेट्रोलियमको लागि हो । यहाँ युएस बेन्चमार्ककै रेकर्ड गिरावट आएको हो । मे महिनामा आपूर्ति गरिने तेलको मूल्य एक समय झरेर १.५ं डलर प्रतिब्यारल भयो । यो कच्चा तेलको मूल्यमा एक दिनमा ९० प्रतिशत गिरावट हो ।
मे महिनाको लागि कच्चा तेल आपूर्तिको सम्झौता २१ अप्रिलमा समाप्त हुँदैछ । तर, तेलका खरिदकर्ता पाइएका छैनन् किनकि विश्वका अधिकांश जनसंख्या अहिले घरमा बन्द छन् र विश्वका कैयौं देशमा तेलको प्रयोग अत्यन्तै न्यून भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij